न रात 
न प्रभात्
उस्लाई केहि फरक पर्दैन
न उस्लाई कुनै पिडा छ
न कुनै त्रास्
न कुनै आस्
चाहे उस्लाई कसैले लुछोस्,
पोलोस्,पिटोस्
उ बोल्दैन मात्र सहिरहन्छ
उ उठ्दैन
मात्र लडिरहन्छ

Read more »


नभन भो आफ्नै मान्छे, आफ्नै सँग घात हुन्छ 
तिमी भन्छौ जुन राम्रो जुन सँग नि रात हुन्छ 

दिन्छ प्रकाश दियालोले आफु जली गएपनि 
हास्ने फुलको वरिपरी काँडाहरुको खात हुन्छ 

भन्न खोज्छन् सधैं हासँ हल्लिएर पातहरु 
नसुसाउने समुन्द्रको पनि आफ्नै जात हुन्छ 

कस्ले भन्छ सुर भित्र बेहोशीको नशा हुन्छ 
पिइ हेर दुग्ध मह त्यहाँ बढी मात हुन्छ 


मर्छन् अरे सच्चा प्रेमी, नमरिदेउ बिन्ती तिमी
बिश्वास गरी चोखो माया, नगरिदेउ बिन्त्ती तिमी 

डाहा गर्लान् दुनियाँले, बैसालु त्यो यौबन देखि 
कसैको आश्वासनमा, नपरिदेउ बिन्त्ती तिमी 

तारिफ गर्ने धेरै होलान्, देखि रुप रङ्ग तिम्रो 
मुस्कुरौदै नजिक् नजिक्, नशरिदेउ बिन्ती तिमी 

भुन्भुनाउदै भमराले, बाटो छेक्न आउलान तिम्रो 
चमेली झै मिठो सुबास्, नछरिदेउ बिन्ती तिमी 

मर्छन् अरे सच्चा प्रेमी, नमरिदेउ बिन्ती तिमी
बिश्वास गरी चोखो माया, नगरिदेउ बिन्त्ती तिमी


आँखा जुध्दा नजरहरु झुकाएर गयौ 
के के थियो मनमा कुरा लुकाएर गयौ 

कल्पनामा पिरतिको माला उनेको थे 
यथार्थमा गाठो तेस्को फुकाएर गयौ 

बादलका आकृतिमा तस्वीर तिम्रै खोज्थे 
मुहान थियो भाबनाको सुकाएर गयौ 

निसब्ध नै भएपनि वार्तालाप त थियो 
बाधेको मन खोल्ने मौका चुकाएर गयौ 

माया गर्ने मायालुको माया नबुझेर 
तिमीलाई नै राख्न्ने यो मन दुखाएर गयौ


जानीजानी मेरो मुटु तोडेर गल्ती गर्यौ 
आजफेरी अन्तै नाता जोडेर गल्ती गर्यौ 

साथहुँदा यौटै भन्थ्यौ लक्ष यो जिन्दगीको 
एक्लै छोडी, आफ्नो बाटो मोडेर गल्ती गर्यौ 

आफैंलाई रित्याएर भर्दै थें तिमीलाई 
स्वार्थी बनि शंकाहरु गोडेर गल्ती गर्यौ 

जति गाएँ तिम्रा गीत सङ्गीत बनि बनि 
लाग्छ, हाम्रो सुर ताल छोडेर गल्ती गर्यौ 

जिउनु नै सबै हैन केहि गर्नुछ भन्ने 
आदर्शका शिशा आफ्नै फोडेर गल्ती गर्यौ


भावनाका हारभरी तिम्रै नाम उनेको छु 
उर्लिएका बैंशभेल तिम्रै लागि थुनेको छु 

भन्छन् सबै अन्जानको हुन्न अरे कुनै भर 
तर मैले सपनामा त्यही रुप बुनेको छु 

पत्तै छैन कत्ति चाडो सजिएछौ मन भित्र 
हर्ष भर्ने खानि छौ रे ! मैले त्यस्तै सुनेको छु 

पर्खी बसें जिवनमा धेरै आए आशा बोकी 
गल्ती भए माफ गर मात्रै तिमी चुनेको छु 

भिडमा छु आखाँ घुम्छ तिमी खोजी टोलाऊछु 
जीवनको शेष मेरो तिमी संगै गुनेको छु


जुन छुने यात्रा तिम्रो रोकियो की कसो ? 
रुन्न भन्थ्यौ, आँशु त्यसै पोखियो की कसो ? 

बगैंचाको फूल जस्तै ठान्ने यो, जीवन 
नफूली नै मन्दिरमा चोख्खियो कि कसो ? 

पिरतीको चिनो भनि दिएको गुलाब 
दोबाटोको धुलो माथि रोपियो कि कसो ? 

प्रेम युद्ध जिती भोज गरौंला भन्नेको 
रण शुरु गर्दै घुंडा ठोकियो कि कसो ? 

तिम्रै बाटो हेरी हेरी साँचेको जोवन 
सपना मै मिठो फल टोकियो कि कसो ?


बितेको छ अनिदोंमा रात कतिकति 
मन्मै रह्यो गर्न बाँकी बात कतिकति 

प्रेम पोखी पत्र लेखें पठाउँ डर लाग्छ,
तिम्रै लागी सिरानीमा खात कतिकति

सपनाको राजा तिम्रो बाटो हेर्दै हेर्दै, 
भेट्ने दिन गन्दै चुँडे पात कतिकति

तिमी भनि बसेको छु मात्र तिम्रो लागी, 
साँचेको छु जवानीको मात कतिकति 

न त भोक न त तिर्खा तड्पीएरै बसें,
एकान्तमा सुकी सक्यो आँत कतिकति


बाँच्दा बाँच्दै आफैसँग लुटिएछु तिमीबाटै 
सँगै तर्न खोज्दा जङ्घार् छुट्टीएछु तिमीबाटै 

धेरै लेखें धेरै पढें जिन्दगी यो तिम्रोलागी 
सम्बन्धको डोरी बनि चुट्टीएछु तिमीबाटै 

बोली रह्यौ तिमी मात्रै मौका कुनै दिएनौ'नी 
एकोहोरो त्यो बोलीले कुटिएछु तिमीबाटै 

आधा स्वप्न बिधाताले आधा तोड्यौ तिम्ले 
काँच सरि मन थियो फुटिएछु तिमीबाटै 

बाँच्दा बाँच्दै आफैसँग लुटिएछु तिमीबाटै 
सँगै तर्न खोज्दा जङ्घार् छुट्टीएछु तिमीबाटै


संसारबाट एक्लिएर
अनायासै आज
तिम्रो मृत्युमा 
आकाश रोयो
धर्ती रोयो
थोरै भएपनि रोए सबै सबै
घाउ जसरिनै
कसैले दुखाएर रोए
कोही देखाउन रोए
तर

Read more »


Powered by Blogger.