आमा
'म' आज
आफ्नै
सपनाको मृत्युको शोक मनाउँदै
चुपचाप
बीच सडकमा
शोकमग्न
मलामी बनि हिँड्दै छु
थाहा छैन कतिखेर
कहाँ पुग्छु
त्यसैले 'आमा'
मेरो पर्खाइमा रात नबिताउनु
मेरो दुखाइमा आखा नभिजाउनु
म मेरो देश खोज्न हिडेको छु ।


मलाई विश्वास छैन
तिम्रो कलमसँग
मलाई भर छैन
तिम्रो बोलीसँग
यस्तै यस्तै
हुँदै जाने हो भने
भत्किन सक्छ हाम्रो वर्तमान
चेपिन सक्छ हाम्रो भविष्य

Read more »


नबोलेरै भनिदिएँ मनका कुरा कति कति
नसोधेरै गरिदिएँ तनका कुरा कति कति

हो "बिजु" तिमी आयौ र पो माया मिठो भयो । अनि यो जिन्दगीको लामो यात्रा सहज भएको छ आज ।
तिमिले बारम्बार गर्ने गरेको हजारौ प्रश्नको उत्तर त म सङ्ग छैन तर, तिम्रो मिठो मुस्कान र त्यो न्यानो स्पर्श म संग रहुन्जेल । तिम्रो लागि मुटु भित्रको त्यो चोट हजारौ पटक पनि सहन तयार छु म ।

Read more »


जीवन फगत
एउटा सिंगो यात्रा
कोही आफ्ना आउँछन्
पराइ भएर जान्छन्
कोही पराइ आउँछन्
अनि आफ्नै भएर जान्छन्

हिंडेको त एक्लै नै हो
तर देख्नेले
जोडी पाइला देख्छन्
भन्नेले 
जे भने पनि
देख्नेले 
जे देखे पनि
भोगाईमा 
यात्राको एउटा फिलिङ्गो 
एक टुक्रा 
जिन्दगी नै त रहेछ


तिमीले पर्खाउँदै गर्दा
ढल्न लागेको साँझ
मलाई
गिज्याउँदै थियो एक्लै देखेर
म जबर्जस्ती
फिस्स..... हाँस्दै थिएँ
कुरायौ कुरेँ 
र 
फर्कायौ फर्कें 
निरीह एक्लै एक्लै
मोबाईल अफ/अन
तिम्रो फोन/म्यासेज
अहँ !
केहि सुन्न र केहि हेर्न मन छैन अब
तिम्रो अनुपस्थितिमा.....



Powered by Blogger.