निर्वस्त्र
उडिरहेका धुवाँ भित्र
नियाँले आफुलाई
हेरें पर
अझै पर सम्म
अनायासै झरेका
आँशुका थोपासँगै
थाहै नपाइ
झरेछु भुइमा
तप्प
तप्प.......




आँखा मात्र जुध्दा पनि लजाउने कस्तो मोरो
एकै भेटमा मुटुमाझ सजाउने कस्तो मोरो !

फर्की फर्की हेर्दै जान्छ भ्याएसम्म नजरले
बोलाउँदा लुक्दै छुप्दै सताउने कस्तो मोरो !

सम्झिएर लाछीपना पछुताउनुपर्ला भोलि
मनको कुरा मनभित्रै दबाउने कस्तो मोरो !

आँखा पोख्छन् रहर अनेक अधर मौन बसिदिँदा
कुण्ठा बोकी मनभरि रमाउने कस्तो मोरो !



Powered by Blogger.