लामो समयको अन्तराल पछि
आज 
तिमीले पनि
मेरो रहरको कुरा गर्‍यौ
मेरो हाँसो ,खुशि 
र सपनाको कुरा गर्‍यौ
जस्को 
यो शहरमा कुनै मुल्य छैन
या भनु
मुल्य भएर पनि 
यस्को कुनै बजार छैन
हो मित्र,
तिम्रो सपनाको शहर
मेरो खुद्रा पसल बनेको छ
त्यसैले त
नगदमा भन्दा उधारोमा
धेरै बिक्री हुन्छ आजभोलि


2 Comments

  1. अहा ! एक हुल शब्दहरुको मिठास यता पनि गुञ्जिरहेको रहेछ
    .... मनमै स्पर्श गरेर गए जस्तो !
    पहिलो पटक 'परिको स्पर्श' लिन आइपुगे'छु यो ब्लगमा -ठक्क अढीए अनि पिर्लिक नजर झुकाउन मन लाग्यो एकै छिन भए'नि !

    ReplyDelete

Powered by Blogger.