यदि मैले
बाँच्नैपर्छ भने
तिमीसँगको
एउटा मीठो दिन बाँचोस्
म सँग
अनि 
मेरै निम्ति
तिमीले नै कोरेका
ती सुन्दर हरफहरु बाँचून्
बस्
त्यति नै काफी छ मलाई
मेरो जीवन 
रङ्गीन बनाउन ...


आमा
'म' आज
आफ्नै
सपनाको मृत्युको शोक मनाउँदै
चुपचाप
बीच सडकमा
शोकमग्न
मलामी बनि हिँड्दै छु
थाहा छैन कतिखेर
कहाँ पुग्छु
त्यसैले 'आमा'
मेरो पर्खाइमा रात नबिताउनु
मेरो दुखाइमा आखा नभिजाउनु
म मेरो देश खोज्न हिडेको छु ।


मलाई विश्वास छैन
तिम्रो कलमसँग
मलाई भर छैन
तिम्रो बोलीसँग
यस्तै यस्तै
हुँदै जाने हो भने
भत्किन सक्छ हाम्रो वर्तमान
चेपिन सक्छ हाम्रो भविष्य

Read more »


जीवन फगत
एउटा सिंगो यात्रा
कोही आफ्ना आउँछन्
पराइ भएर जान्छन्
कोही पराइ आउँछन्
अनि आफ्नै भएर जान्छन्

हिंडेको त एक्लै नै हो
तर देख्नेले
जोडी पाइला देख्छन्
भन्नेले 
जे भने पनि
देख्नेले 
जे देखे पनि
भोगाईमा 
यात्राको एउटा फिलिङ्गो 
एक टुक्रा 
जिन्दगी नै त रहेछ


तिमीले पर्खाउँदै गर्दा
ढल्न लागेको साँझ
मलाई
गिज्याउँदै थियो एक्लै देखेर
म जबर्जस्ती
फिस्स..... हाँस्दै थिएँ
कुरायौ कुरेँ 
र 
फर्कायौ फर्कें 
निरीह एक्लै एक्लै
मोबाईल अफ/अन
तिम्रो फोन/म्यासेज
अहँ !
केहि सुन्न र केहि हेर्न मन छैन अब
तिम्रो अनुपस्थितिमा.....



न रात 
न प्रभात्
उस्लाई केहि फरक पर्दैन
न उस्लाई कुनै पिडा छ
न कुनै त्रास्
न कुनै आस्
चाहे उस्लाई कसैले लुछोस्,
पोलोस्,पिटोस्
उ बोल्दैन मात्र सहिरहन्छ
उ उठ्दैन
मात्र लडिरहन्छ

Read more »


संसारबाट एक्लिएर
अनायासै आज
तिम्रो मृत्युमा 
आकाश रोयो
धर्ती रोयो
थोरै भएपनि रोए सबै सबै
घाउ जसरिनै
कसैले दुखाएर रोए
कोही देखाउन रोए
तर

Read more »


Powered by Blogger.