जीवन फगत
एउटा सिंगो यात्रा
कोही आफ्ना आउँछन्
पराइ भएर जान्छन्
कोही पराइ आउँछन्
अनि आफ्नै भएर जान्छन्
हिंडेको त एक्लै नै हो
तर देख्नेले
जोडी पाइला देख्छन्
भन्नेले
जे भने पनि
देख्नेले
जे देखे पनि
भोगाईमा
यात्राको एउटा फिलिङ्गो
एक टुक्रा
जिन्दगी नै त रहेछ