जब म
निद्राको गहिराइमा
आनन्दको सिरक ओड्दै
आफैंसँग रमाइरहेको हुन्छु
तिमी आउँछौ
अनुमतिबिना नै
चलाउन थाल्छौ मलाई
कहिले हँसाउँछौ
कहिले रुवाउँछौ
थाहै हुन्न

कहिले तिमीसँगै कुदिरहेको हुन्छु
त कहिले डरले काँपिरहेको हुन्छु

तर
जब म बिउँझन्छु
आफैले आफैलाइ छामछुम गर्दै
ढोकादेखि झ्यालसम्म आँखा पुर्‍याउँछु
अहँ
कोहि देख्दिनँ
मात्र सिरकसँग भलाकुसारि गरिरहेको पाउँछु आफुलाई
थाहै थिएन
तिमी त केबल भावना पो रहेछौ
अदृश्य अनि अज्ञात
मेरो मन बहकाउन आएका
हो ! तिमी कुभावाना र दरिद्रका पोकाहरु रहेछौ
विषाक्त अनि विक्षिप्त
निच र अयोग्य सोचाइ
केवल एक 'सपना' ।


One Comment

  1. "अनी मेरो रात
    त्यसै मातिन्छ,
    तिमी त्यहाँ
    म यहाँ
    तैपनी
    एउटै ओढ्नेको दुई कुना
    तानातान गरेर ओढे जस्तो..."

    similar feelings for U are here...it was sometime ago :

    http://www.bhoowan.com.np/2010/08/blog-post.html

    ReplyDelete

Powered by Blogger.