लामो समयको अन्तराल पछि आज तिमीले पनि मेरो रहरको कुरा गर्यौ मेरो हाँसो ,खुशि र सपनाको कुरा गर्यौ जस्को यो शहरमा कुनै मुल्य छैन या भनु मुल्य भएर पनि यस्को कुनै बजार छैन हो मित्र, तिम्रो सपनाको शहर मेरो खुद्रा पसल बनेको छ त्यसैले त नगदमा भन्दा उधारोमा धेरै बिक्री हुन्छ आजभोलि