Saturday, July 28, 2012 'तिमी' हिजो किन भेटिएनौ ? by Pramila 3 Comments आतङ्कित छु आज तिमीलाई फेरि भेटेपछि र थोरै खुशी पनि तर तिमी ढुक्क हुनू मेरो वर्तमान मेरो अतीत हैन Read more »
Tuesday, July 24, 2012 सपना by Pramila 1 Comment जब म निद्राको गहिराइमा आनन्दको सिरक ओड्दै आफैंसँग रमाइरहेको हुन्छु तिमी आउँछौ अनुमतिबिना नै चलाउन थाल्छौ मलाई Read more »
Thursday, June 14, 2012 मेरो जीवनका रङ्ग by Pramila 1 Comment यदि मैले बाँच्नैपर्छ भने तिमीसँगको एउटा मीठो दिन बाँचोस् म सँग अनि मेरै निम्ति तिमीले नै कोरेका ती सुन्दर हरफहरु बाँचून् बस् त्यति नै काफी छ मलाई मेरो जीवन रङ्गीन बनाउन ...
Monday, May 28, 2012 म मेरो देश खोज्न हिडेको छु by Pramila No comments yet आमा 'म' आज आफ्नै सपनाको मृत्युको शोक मनाउँदै चुपचाप बीच सडकमा शोकमग्न मलामी बनि हिँड्दै छु थाहा छैन कतिखेर कहाँ पुग्छु त्यसैले 'आमा' मेरो पर्खाइमा रात नबिताउनु मेरो दुखाइमा आखा नभिजाउनु म मेरो देश खोज्न हिडेको छु ।
Monday, May 21, 2012 घाटामा छ सपनाको पसल by Pramila No comments yet मलाई विश्वास छैन तिम्रो कलमसँग मलाई भर छैन तिम्रो बोलीसँग यस्तै यस्तै हुँदै जाने हो भने भत्किन सक्छ हाम्रो वर्तमान चेपिन सक्छ हाम्रो भविष्य Read more »
Monday, May 14, 2012 एक टु्क्रा जिन्दगी (कविता) by Pramila No comments yet जीवन फगत एउटा सिंगो यात्रा कोही आफ्ना आउँछन् पराइ भएर जान्छन् कोही पराइ आउँछन् अनि आफ्नै भएर जान्छन् हिंडेको त एक्लै नै हो तर देख्नेले जोडी पाइला देख्छन् भन्नेले जे भने पनि देख्नेले जे देखे पनि भोगाईमा यात्राको एउटा फिलिङ्गो एक टुक्रा जिन्दगी नै त रहेछ