लामो समयको अन्तराल पछि
आज 
तिमीले पनि
मेरो रहरको कुरा गर्‍यौ
मेरो हाँसो ,खुशि 
र सपनाको कुरा गर्‍यौ
जस्को 
यो शहरमा कुनै मुल्य छैन
या भनु
मुल्य भएर पनि 
यस्को कुनै बजार छैन
हो मित्र,
तिम्रो सपनाको शहर
मेरो खुद्रा पसल बनेको छ
त्यसैले त
नगदमा भन्दा उधारोमा
धेरै बिक्री हुन्छ आजभोलि


Powered by Blogger.