मलाई विश्वास छैन
तिम्रो कलमसँग
मलाई भर छैन
तिम्रो बोलीसँग
यस्तै यस्तै
हुँदै जाने हो भने
भत्किन सक्छ हाम्रो वर्तमान
चेपिन सक्छ हाम्रो भविष्य

तिमीहरुको पो
खुद्रा पसल छ राजनीतिको
नाफाका लागि
जो जे सँग पनि मिसिइदिन्छौ
हाम्रो त
पोहोर साल जसरी नै
घाटामा छ सपनाको पसल
अझै पनि
जनताको हिसाब किताब
मिलाएर चढाउन जानेनौ भने
सावधान !
हाम्रो जस्तै गरि
तिम्रो खुद्रा पसलमा पनि
ठूलो घाटा लाग्नेछ ।


Leave a Reply

Powered by Blogger.