न रात 
न प्रभात्
उस्लाई केहि फरक पर्दैन
न उस्लाई कुनै पिडा छ
न कुनै त्रास्
न कुनै आस्
चाहे उस्लाई कसैले लुछोस्,
पोलोस्,पिटोस्
उ बोल्दैन मात्र सहिरहन्छ
उ उठ्दैन
मात्र लडिरहन्छ

न अब उस्लाई कसैको आसु ले रुवौउछ
न कसै को खुशी 
न कसै को खुशी मा रमाउछ
न कुनै सपना नै देख्छ अब 
उ त मात्र सहिरहन्छ हरेक बिलौन
अनी आरोप प्रतयारओप्
उस्ले देखेको नेपाल्
सोचेको नया नेपाल्
उस्को भाबी योजना 
आमा को अनुहारमा बाहार छाउने कल्पना
तेही कालो धुवसँगइ उडेर गयो
उ न फर्केर हेर्छ अब
न फर्केर आउछ
मुर्दामा न इस्पन्दन हुन्छ
न जिबन्
न माया न क्रोध्
उ त लास हो मात्र लास्
उ त लास हो मात्र लास्


Leave a Reply

Powered by Blogger.