जानीजानी मेरो मुटु तोडेर गल्ती गर्यौ 
आजफेरी अन्तै नाता जोडेर गल्ती गर्यौ 

साथहुँदा यौटै भन्थ्यौ लक्ष यो जिन्दगीको 
एक्लै छोडी, आफ्नो बाटो मोडेर गल्ती गर्यौ 

आफैंलाई रित्याएर भर्दै थें तिमीलाई 
स्वार्थी बनि शंकाहरु गोडेर गल्ती गर्यौ 

जति गाएँ तिम्रा गीत सङ्गीत बनि बनि 
लाग्छ, हाम्रो सुर ताल छोडेर गल्ती गर्यौ 

जिउनु नै सबै हैन केहि गर्नुछ भन्ने 
आदर्शका शिशा आफ्नै फोडेर गल्ती गर्यौ


Leave a Reply

Powered by Blogger.