बैशाखले बैंस बोकेर आउँछ
या
बैशाखमा बैंस आफै फुल्छ ?

यदि होइन भने
साँझ झर्न नभ्याउँदै
त्यो बुढो
शिरषको बोटबाट
बाटाभरि/भुइँभरि
जताततै


बैंस खसे झैं
फुत्त फुत्त
उत्ताउला बन्दै 
किन खस्छन्
 शिरिषका फुल?


2 Comments

  1. कति मिठा ... बैंसका कुरा .... साच्ची खै किन हो यी शिरिषका फुलहरु कत्ति उत्ताउला बन्दै किन खस्छन् ?
    छोटो मिठो रचना !

    ReplyDelete
  2. बैंस त्यसरीनै झर्छ जसरी समय आएपछी शिरिषको फूल बाटा भरि झर्छ अरुले कुल्चने गरि :P

    ReplyDelete

Powered by Blogger.