"Book for village good effort
And what about book 4 u ni?
के पढिदै छ अहिले ?
बिर्सेको मलाई ?
आज बिहानै कत्ति गर्मी है
रिप्लाइ आउँदैन
थाहा छ…"
धेरै दिनपछि एकाबिहानै म्यासेज आयो प्रमेशको । प्रमेश न धेरै नजिकको मित्र हो, न त टाढाको नै । केही दिनअघि मात्र एउटा विशेष कार्यक्रममा भेट भएको थियो हाम्रो । त्यही कार्यक्रममा लुकी-लुकी उसले मेरो फोटो खिच्दै गर्दा म उसको क्यामेरामा कैद हुँदै थिएँ, एक-एक गर्दै ।
ऊ फुरुङ्ग देखिन्थ्यो । मानौ उसले आफ्नै प्रेमिकालाई आँखाभित्रै कैद गरे झैं ।
कार्यक्रम सकिँदै गर्दा उसले खुसुक्क मेरो नजिक आएर भन्यो "तपाइँको फोटो निकै राम्रो आ'को छ मेरो क्यामेरामा" - मलाई मेलमा सेण्ड गर्दिनुस् है । यति भनेर म उ बाट टाढिए ।
उ अझै क्यामेराको लेन्स म तिर फर्काउदै क्लिक् क्लिक् गर्दै थियो । मान्छेको रहर पनि अनेक हुन्छ । कार्यक्रमको समापन हुदै गर्दा फोटो सेसन सुरु भयो । सबैले भ्याएसम्म आफ्ना फोटाहरु धेरै भन्दा धेरै खिचाए ठुला मान्छेहरु सँग । कस्तो अचम्म क्यामेरा देखेपछि कसैलाइ बोलाउनै नपर्ने ।
कार्यक्रमको समापन भयो । गेटबाट निस्कनै लाग्दा आवाज आयो "परी" घर जान लागेको । मेरो एक्दम मिल्ने साथि “पवन” जो म भन्दा निकै नजिक छ म सँग ।
अँ…..निस्कन लागेको ढिला पनि हुन लाग्यो ।
म छोड्दिउँ त……..?
भयो तिम्रो पनि टाढै छ पुग्नु पर्ने ।
के भो त पुगिहालिन्छ नि एक्छिन मै ।
उसले मलाइ धेरै माया गर्छ अनि म पनि । हामी एकदम मिल्ने साथी । न एक्छिन झगडा नगरी बस्न सक्छौं न एक दिन नभेटी ।
म सँग मेरो साथी प्रभा पनि सँगै थिइ । उस्लाइ छोडेर पवन सँग जान मलाइ राम्रो लागेन ।
ठिकै छ तिमी जाउ , म साथीहरु सँग जान्छु - मैले भने ।
उस्ले रिसाउदै भन्यो - अघि नै भनेको भए त हुन्थ्यो नि । मेरो मान्छेलाइ पुर्याइ दिन्थें म । झन् त एक्लै हुन्छस् भनेर बसेको ।
उ मेरो निक्कै ख्याल गर्छ ।
मेरो खुशी के हो ? म किन दुःखी हुन्छु । उस्लाइ सबै राम्रो सँग थाहा छ । सायद उस्ले बुझ्यो पनि होला मेरो विवशता ।
प्रमेश साथीहरु सँगै निस्कियो । त्यति धेरै बोलचाल भएन हाम्रो । उ सँग आएको साथी मैले पनि चिनेकोले सायद उस्लाइ मेरो सबै कुरा थाहा भै सकेको थियो ।
बेलुका त्यस्तै ९:३० बजे तिर फेसबुक खोल्दा उस्को फ्राइण्ड रिक्वेस्ट आइसकेको थियो । उस्को नाम र फेसबुक नाम बेग्लै तर इन्बक्स् मा आएको म्यासेजले उस्कै हो भन्ने थाहा भयो ।
उ धेरै व्यस्त हुन्छ प्रायः जसो । घरभन्दा धेरै टाढा त्यो पनि एक्लै बस्नु पर्दाको पिडा उ भित्र कुण्ठित भएर बसेको छ । व्यस्त रहनु उस्को बाध्यता र चाहना दुबै हुन् । कहिले काँही अनलाइनमा भेट हुदाँ हाइ….. हेल्लो…. भन्दा अरु केहि हुन्न । कान्तिपुरमा बसेर यसरी जिवन निर्वाह गर्ने युवाहरु लाखौं छन् । सबैको आफ्नै आफ्नै पिडा छ । पढेर मात्र पनि के हुँदो रै छ र ।
२ वटा बिषयमा मास्टर गरेको मेरो साथी ठमेलको होटेलमा वेटर को काम गर्छ । घरमा ब्यांकमा काम गर्छु भनेर ढाँटेको छ ।
प्रमेश इमान्दारिताको खेति गर्छ कान्तिपुरमा बसेर । थाहा छैन यो उस्को खेति कत्तिको दिगो हुन पाउँछ । र यो पनि उस्लाइ राम्ररी थाहा छ । यहाँ फट्याई गर्नेको मात्र ब्यापार हुन्छ । प्रमेश हरेक दिन हिजो भोगेर आज बाँच्छ अनि भोली को लागि केहि गर्नु पर्छ भन्ने सोच राखेर हिड्छ । त्यसैले त उस्ले पत्रकारिता रोजेको छ ।
***
हाम्रो भेट भएको १ वर्ष भै सकेछ । आजसम्म न हाम्रो फोनमा कुरा भएको छ न भेटघाट्नै हुने गरेको छ । कामवश मलाइ उस्को फोन नम्बरको आवस्यकता पर्यो । त्यहि उस्को साथीलाइ सोधेर नम्बर् माँगे अनि म्यासेज गरे । उस्ले मैले भनेको काम समय मै गरिदियो । मैले धन्यवाद सम्म पनि दिन भुलेछु ।
बेलुका म्यासेज आयो - "थ्याङ्क्यु भन्न पनि कञ्जुस्याँइ" ।
त्यस दिन देखि उस्ले मलाइ म्यासेज फोन कहिलै गरेन र मैले पनि वास्तै गरिन । एकदिन उस्ले फेसबुकमा म्यासेज छोडेछ ।
- यस्तो मान्छे त मैले न काँहि देखेको थिएं न कहिलै भेटेको । म्यासेज गरेको २/३ दिनमा रिप्लाइ आउछ त्यो पनि ठ्याक्कै ४/५ अक्षरको । यस्तो व्यस्त र ठुलो मान्छेलाइ केहि भन्नु छैन मेरो ।
म एकछिन् हाँसे र हे… हे… भन्दा अरु केहि लेखिन ।
म यस्तै छु । मलाइ सबै भन्दा नजिक बाट चिन्ने साथी पवन ऊ पनि यस्तै यस्तै भन्छ ।
- “न आफु कहिलै फोन गर्छस् न गरेको फोन उठाउँछस् "वैरागी प्राणी” ।
हो उ यस्तै यस्तै भन्छ मलाइ । म किन यस्तो छु र किन यस्तो भए भन्ने कुरा म आफैलाइ पनि थाहा छैन ।
***
आज - २ बर्ष भयो प्रमेशसँग भेट भएको । शायद उस्लाइ पनि याद रहेछ क्यार । म्यासेज आयो ठ्याक्कै ५ महिना पछि – “ हाम्रो याद आउन त हजुरलाई यादै यादको बहाव बाट फुर्सद मिल्नु पर्यो नि” ! लौ त "परी" नानी ह्याब नाइस डे है । म त नुनु गर्न लाग्या । रात भरि सुत्न पाको हैन ।
"परी" जुन मलाइ "पवन" ले भनेको निकै मन पर्छ । आज प्रमेशले पनि भन्यो । खै किन किन त्यति मिठास् लागेन ।
रिप्लाइमा मैले लेखे- लौ राम्ररी सुत्नुस् । गुड नाइट ।
म मनमनै सोच्दै थिएँ ।
पहिलो भेट देखि आज सम्म दोश्रो भेट हुन सकेको छैन हाम्रो दुई दुई वर्ष सम्म पनि र पनि हाम्रो मित्रता उस्तै छ । न काँचो न पाकेको ।
***
खै मेरो सपनामा तिम्रो ठेगाना कहाँ होला
खोज्ने छु
देख्ने गरि पर्खि राख्नु है "कान्छी"…
उस्ले जिस्किदै लेखेको यो म्यासेज अझै पनि छ मेरो मोबाइलको इन्बक्स् मा ।
र मेरो फोटो उस्को ल्याप्टप भरि छरिएको होला वेवारिसे बनेर । सहि ठेगानाको अभावमा ।
interesting story...
ReplyDeletenice
ReplyDeleteramro lagyo
ReplyDeletesuperb
ReplyDeleteधेरै राम्रो लाग्यो:):):)
ReplyDelete