ए ! हल्लाहरु हो
तिम्रा यि जरा नभएका हल्लाका पातहरुमा
साँच्चिकै  तागत छ भने
जाउ
 
ति हल्लाहरुको पोस्टर बनाउ
होडिङ्ग बोर्डमा टाँस
कुनै राष्ट्रीय पत्रीकामा  खबर छपाउ
अनि लगेर देउ
तिम्रा उम्मेद्द्वारहरुलाइ
र जिताउ
हल्लै हल्लाको आम निर्वाचनमा
 
तर बिन्ति !
यसरि घरि घरि
दयाको भिख माग्दै मेरो दैलो नटेक
किनकी 
मलाई हल्लाहरु देखि र हल्लागर्नेहरु देखि 
साह्रै माया लागेर आउँछ ।


Leave a Reply

Powered by Blogger.