नबोलेरै भनिदिएँ मनका कुरा कति कति
नसोधेरै गरिदिएँ तनका कुरा कति कति

हो "बिजु" तिमी आयौ र पो माया मिठो भयो । अनि यो जिन्दगीको लामो यात्रा सहज भएको छ आज ।
तिमिले बारम्बार गर्ने गरेको हजारौ प्रश्नको उत्तर त म सङ्ग छैन तर, तिम्रो मिठो मुस्कान र त्यो न्यानो स्पर्श म संग रहुन्जेल । तिम्रो लागि मुटु भित्रको त्यो चोट हजारौ पटक पनि सहन तयार छु म ।

हरेक साँझ बिहान आँखा भरि तिमी आएर बस्छौ, निदाउनै सक्दिनँ पूरै रात । तिम्रा निश्छल आँखाहरुमा मेरा खुशीहरु लुकेको देखेदेखि ……. तिम्रो चोखो स्पर्शमा धेरै मिठा अनुभुतिहरु संगालेको छु मैले । झरीमा भिज्दै भिज्दै रमाएको त्यो साँझ अनि तिमीसँग बिताएका ति पलहरू ढुकढुकी मा साँचेर राखेको छू ।

कहिले काँहि तिमी भन्ने गर्छौ- "हजुरको मायाको अगाडि म नतमस्तक छु" तर म नतमस्तक छु तिम्रो मिठो मुस्कान,तिम्रो प्यारो साथ र मिठो मायामा ।
जसले मलाई जिन्दगी अझै जिउन प्रेरित गर्छ ।

जब जब देख्दिन तिमीलाई, भौतारिन्छु अनि तडपिन्छु । शायद, मलाई हाँस्न सिकाउने मुस्कान तिम्रै भएर पनि होला । त्यसैले त एकै मिठो मुस्कानको प्रतिक्षामा कयौं दिन बितेको छ मेरो ।

थाहा छैन भोलि के हुन्छ र कहिलेसम्म कुर्नुपर्छ मैले अझै।

तर पनि आज जे छ, त्यस्सैमा रमाउन सिकेकिछु आजभोली तिम्रो संगतले ।
कति कति गाह्रो छ, कति कति मुस्किल छ सम्झनाको खेल पनि । नसम्झु जिउन मुस्किल ,सम्झु बाँच्न झनै मुस्किल । जब जब त्यस्ता प्रेमिल साँझहरु दोहोरिन्छन् अनि एक्लै एक्लै बसेर कल्पन मन लाग्छ,सम्झन मन लाग्छ ।
त्यसो त पुरै जिन्दगी,कर्तब्य हराएर तिमीलाई सम्झेको हैन "बिजु" । तर जब पुरै जिन्दगी बिर्सेर कर्तब्य भुलेर आफैसँग रमाउन खोज्छु तब तिमी मसँग हुन्छौ ।

धेरै दिन पछि । आज,एकाबिहानै तिम्रो सम्झनाहरु बेरिएर मन तेसै बरालियो । शायद, तिमीलाई नदेखेको र नभेटेको धेरै दिन भएर होला । हिजोको दिनभर अप्राप्तिको पीडाले छट्पटिंदा गोधुली संसार भरि आँसुहरु खसेछन थाहै नपाइ । तिम्रो आगमन पर्खदै छन् मेरा यि नयनहरु ।
"बिजु" अब त भनिदेऊ - त्यो दिन कहिले आउँछ ?
जुन दिनको हामी दुबै ब्यग्र पर्खाइमा थियौं ।


3 Comments

Powered by Blogger.