आँखा मात्र जुध्दा पनि लजाउने कस्तो मोरो
एकै भेटमा मुटुमाझ सजाउने कस्तो मोरो !

फर्की फर्की हेर्दै जान्छ भ्याएसम्म नजरले
बोलाउँदा लुक्दै छुप्दै सताउने कस्तो मोरो !

सम्झिएर लाछीपना पछुताउनुपर्ला भोलि
मनको कुरा मनभित्रै दबाउने कस्तो मोरो !

आँखा पोख्छन् रहर अनेक अधर मौन बसिदिँदा
कुण्ठा बोकी मनभरि रमाउने कस्तो मोरो !


Leave a Reply

Powered by Blogger.