तिमीले पर्खाउँदै गर्दा
ढल्न लागेको साँझ
मलाई
गिज्याउँदै थियो एक्लै देखेर
म जबर्जस्ती
फिस्स..... हाँस्दै थिएँ
कुरायौ कुरेँ 
र 
फर्कायौ फर्कें 
निरीह एक्लै एक्लै
मोबाईल अफ/अन
तिम्रो फोन/म्यासेज
अहँ !
केहि सुन्न र केहि हेर्न मन छैन अब
तिम्रो अनुपस्थितिमा.....



One Comment

  1. ब्लगको शुभारम्भको बधाई!! तर धेरै नैराश्यता मात्र भेटें केहि आशातित सृजनालाई पनि हुडल्न सके पाठक स्रजक निराशा पन्छाउने बहाना मिल्थ्यो कि ?

    ReplyDelete

Powered by Blogger.