दयाको भिक्षा दिएझैँ
नदेउ मलाई 
तिम्रो करोडौँको समय

मन नलागि नलागि 
चाहिँदैन, मिठा लाग्ने 
ति झुठा मुस्कानहरु

तिमी बाँच, बाँच आफ्नै संसारमा
बेफुर्सदिले बाँच या फुर्सदै फुर्सदमा बाँच

कुनै अनुरोध हुनेछैन
कुनै सोधाई हुनेछैन 
न रहनेछन् कुनै गुनासाहरुनै
अब देखि 
बस् तिमी बाँचिराख.......


2 Comments

  1. राम्रो छ रचना

    ReplyDelete
  2. लेख धेरै राम्रो छ भबिश्यमा साहित्यकार बन्ने मौका नगुमाउनुस ।

    ReplyDelete

Powered by Blogger.