आतङ्कित छु आज
तिमीलाई फेरि भेटेपछि
र थोरै खुशी पनि
तर
तिमी ढुक्क हुनू
मेरो वर्तमान मेरो अतीत हैन
थोरै डराएँ होला
भग्नावशेष विगतका सम्झनाले
दुख्यो होला
अभावग्रस्त बाल्यकालको यादले
र पनि मैले
तिमीले जस्तै हाँस्न सिकेको छु
तिमीलाई जस्तै
न्यानो छहारीमा बस्ने असीम चाह
मभित्र पनि उत्तिकै छन्
त्यसैले होला
निरुत्तर तिम्रा ती ओठहरु
चुपचाप आफ्नै मनसँग
विवाद गर्दैगर्दा
म पछाडि 
अजङ्गको प्रश्नचिह्न
उभिएको छ आज -

'तिमी' हिजो किन भेटिएनौ ?


3 Comments

Powered by Blogger.