तिमीलाई फेरि भेटेपछि
र थोरै खुशी पनि
तर
तिमी ढुक्क हुनू
थोरै डराएँ होला
भग्नावशेष विगतका सम्झनाले
दुख्यो होला
अभावग्रस्त बाल्यकालको
यादले
र पनि मैले
तिमीले जस्तै हाँस्न
सिकेको छु
तिमीलाई जस्तै
न्यानो छहारीमा बस्ने असीम
चाह
मभित्र पनि उत्तिकै छन्
त्यसैले होला
निरुत्तर तिम्रा ती ओठहरु
चुपचाप आफ्नै मनसँग
विवाद गर्दैगर्दा
म पछाडि
अजङ्गको प्रश्नचिह्न
उभिएको छ आज -
'तिमी' हिजो किन भेटिएनौ ?
राम्रो छ
ReplyDeleteshort n sweet ..
ReplyDeletebeautiful.........
ReplyDelete