भावनाका हारभरी तिम्रै नाम उनेको छु 
उर्लिएका बैंशभेल तिम्रै लागि थुनेको छु 

भन्छन् सबै अन्जानको हुन्न अरे कुनै भर 
तर मैले सपनामा त्यही रुप बुनेको छु 

पत्तै छैन कत्ति चाडो सजिएछौ मन भित्र 
हर्ष भर्ने खानि छौ रे ! मैले त्यस्तै सुनेको छु 

पर्खी बसें जिवनमा धेरै आए आशा बोकी 
गल्ती भए माफ गर मात्रै तिमी चुनेको छु 

भिडमा छु आखाँ घुम्छ तिमी खोजी टोलाऊछु 
जीवनको शेष मेरो तिमी संगै गुनेको छु


Leave a Reply

Powered by Blogger.