मर्छन् अरे सच्चा प्रेमी, नमरिदेउ बिन्ती तिमी
बिश्वास गरी चोखो माया, नगरिदेउ बिन्त्ती तिमी 

डाहा गर्लान् दुनियाँले, बैसालु त्यो यौबन देखि 
कसैको आश्वासनमा, नपरिदेउ बिन्त्ती तिमी 

तारिफ गर्ने धेरै होलान्, देखि रुप रङ्ग तिम्रो 
मुस्कुरौदै नजिक् नजिक्, नशरिदेउ बिन्ती तिमी 

भुन्भुनाउदै भमराले, बाटो छेक्न आउलान तिम्रो 
चमेली झै मिठो सुबास्, नछरिदेउ बिन्ती तिमी 

मर्छन् अरे सच्चा प्रेमी, नमरिदेउ बिन्ती तिमी
बिश्वास गरी चोखो माया, नगरिदेउ बिन्त्ती तिमी


Leave a Reply

Powered by Blogger.